आइपीओ निष्कासनको तयारीमा रहेको सर्वोत्तम स्टील्सले ९ महिनामा गर्यो ५ अर्बको व्यापार

२ श्रावण २०८१, बुधबार ११:४२

काठमाडौँ । आइपीओ निष्कासन गर्ने तयारीमा रहेको सौरभ ग्रुपद्धारा प्रवद्र्धित सर्वोत्तम स्टील्स लिमिटेडले ९ महिनमा ५ अर्बको व्यापार गरेको छ । इक्रा नेपालका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीले ९ अर्ब ९० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२३ मा ७ अर्ब ७५ करोड ३० लाख रुपैयाँको मात्र व्यापार गरेको थियो । जुन सन् २०२२ को तुलनामा १ अर्ब १८ करोड १० लाल रुपैयाँले कम हो । कम्पनीले सन् २०२२ मा ८ अर्ब ९३ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०१७ मा स्थापना भएको सर्वोत्तम स्टिल २०२१ मा पब्लिक लिमिटेड कम्पनी बनेको हो। यस्तै टिएटी छडको क्षमता २ लाख ३५ हजार टन छ। उद्योगले आफ्नो मेल्टिङ प्लान्टबाट बिलेट बनाउँदै आएको छ। उद्योगको अध्यक्ष तथा प्रवन्ध निर्देशकमा विष्णु न्यौपाने छन्। उनको सर्वोत्त स्टिलमा २५ प्रतिशत हिस्सा छ। बाँकी ७५ प्रतिशत व्यक्तिगत लगानीकर्ताको छ। न्यौपाने र अग्रवाल परिवारले स्टिल उद्योग सञ्चालनमा ल्याएका हुन्।

दुबै परिवारको स्टिल र सिमेन्ट उत्पादन उद्योगमा लामो अनुभव छ। यो बाहेक स्पिनिङ मिल, चिया बगान, सिन्थेटिक प्याकेजिङ्ग झोला, प्लास्टिक प्याकेजिङ निर्माण आदिमा लगानी छ। स्टिल र सिमेन्ट उद्योगमा समूहका अन्य एकाइहरू जगदम्बा सिमेन्ट, सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टील्स सञ्चालनमा छन् ।

कम्पनीले ४ अर्ब ८७ करोड रुपैयाँको बैंकिङ कर्जाका लागि इक्रा नेपालबाट रेटिङ पुनः पुष्टि गराएको छ। कम्पनीले १ अर्ब ६४ करोड रुपैयाँको दीर्घकालीन कर्जाका लागि एनपी एल डबल बी माइनस र ३ अर्ब २५ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी ए फोर रेटिङ पुनः पुष्टि पाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*