आज हरिशयनी एकादशी, तुलसी रोप्ने दिन

२ श्रावण २०८१, बुधबार ०७:१७

काठमाडौं । आज असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी पर्व रहेको छ । यस दिन भगवान विष्णुको आराधना गर्दै आँगनमा तुलसी रोपेर मनाइँने गरिन्छ ।

निर्जला एकादशीका दिन राखिएको दलबाट तयार भएको तुलसीको बिरुवा आज तुलसी मठमा सार्ने परम्परा रहीआएको छ । आज रोपिएको तुलसीलाई भगवान विष्णु र विष्णुप्रियाका नामले चार महिनासम्म पूजा गर्ने प्रचलन रहेको छ । यो समयावधिलाई चतुर्मास भन्ने गरिन्छ । कार्त्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीमा तुलसीको विवाह गरेपछि चतुर्मास सम्पन्न हुन्छ ।

भगवान विष्णु यस एकादशीबाट चार महिनाका लागि शयन गर्ने (सुत्ने) भएकाले यो अवधिमा विशेष माङ्गलिक कार्य नगर्ने चलन रहेको छ । यस दिन घरघरमा तुलसीको मठ बनाएर मठलाई शृङ्गार आदि गरि तुलसी रोपेर पूजा गर्ने गरिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*