सनराइज बैंकले तिजकोे अवसरमा ल्यायो नारी बिशेष योजना, यस्ता छन् सुविधा
३ भाद्र २०७८, बिहीबार १३:३८
काठमाडौं । सनराइज बैंकले भदौ महिनामा तिजकोे अवसर पारी नारी विशेष योजना ल्याएको छ । बैंकले भदौ महिनाभरी विभिन्न सेवाहरु निःशुल्क गर्नुु साथै क्यास ब्याक र छुुटहरुको ब्यवस्था गरेको हो ।
यो योजना अन्र्तगत भदौ महिलाभरि नारी बचत खाता खोल्ने महिलालाई आकर्षक ब्याज र पहिलो बर्षको लागि डिम्याट, मेरो शेयर, डेबिट कार्ड, क्रेडिट कार्ड तथा लकर सेवा निःशुल्क दिने बैेंकले जनाएको छ । यसका साथै भदौ महिना भरी अनलाइन खाता खोल्ने नारीहरुलाई पहिलो कारोबार गर्दा २५ प्रतिशत वा ३ सय रुपैयांसम्मकोे छुट समेत प्राप्त गर्न सकिने छ ।
बैंकले नारी बचत खाता हुुने सम्पूर्ण ग्राहकहरुलाई भदौ महिनाभरी कर्जा लिदा प्रशासनिक शुल्कमा ०.२५ प्रतिशत छुट पाइने बैंकले जनाएको छ ।