गत आव ०८०।०८१ बीमा कम्पनीहरुको शेयर कारोबार कस्तो रह्यो ?
काठमाडौँ । आर्थिक वर्ष २०८०।०८१ पूँजी बजार उल्लेख्य रुपले वृद्धि भएको छ । पूँजी बजारमा बीमा तथा बैंकहरुको सबैभन्दा बढी लगानी रहेको छ । जसमा १२ वटा जीवन बीमा कम्पनी, १२ वटा निर्जीवन कम्पनी र २ वटा रिइन्स्योरेन्सले शेयर कारोबार गरिरहेका छन् ।
नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणको चुक्ता पूँजी वृद्धि योजनाका कारण जीवन बीमा कम्पनीहरुले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गरेकोले पनि पूँजी बजारमा बीमा बीमा क्षेत्रको कारोबारका साथै हिस्सा पनि बढेको थियो । गत आवमा ४ वटा जीवन बीमा कम्पनीहरुले प्रिमियम मूल्यमा निष्काशन गरेको आईपीओ कारोबारमा आएका कारण बीमा क्षेत्रको हिस्सा पूँजी बजारमा बढ्न गएको थियो ।
बीमा क्षेत्रमै सबैभन्दा ठुलो आईपीओ निष्काशन गरेको कम्पनी हो, हिमालयन रिइन्स्योरेन्स । आर्थिक वर्ष २०८०।०८१ मा यस कम्पनीले १० अर्ब बढी रुपैयाँको आईपीओ निष्काशन गरेको थियो । जुन नेपाल तथा विदेशमा रहेका श्रमिकहरुले न्यूनतम् ३० कित्तादेखि अधिकतम् १७० कित्ता सम्म शेयर हात पारेका थिए । यस आर्थिक वर्ष पूँजी बजारलाई प्रभाव पार्न सफल कम्पनीका रुपमा हिमालयन लाइफ इन्स्योरेन्सलाई चिनिन्छ ।
हिमालयन रिको आईपीओ १० कित्ता सबैले पाउने, अन्तिम दिनसम्ममा कति पर्यो आवेदन ?
जीवन बीमा तर्फ आइएमई लाइफ, सिटिजन लाइफ, रिलायबल नेपाल लाइफ र सन नेपाल लाइफको शेयर पनि पूँजी बजारमा कारोबारमा आएको थियो । सोही कारणले पनि दोस्रो बजारमा बीमा क्षेत्रका कम्पनीहरुको सहभागिता बढ्न गएको थियो ।
हकप्रद शेयर
आर्थिक वर्ष ०८०।०८१ मा नेपाल बीमा प्राधिकरणले तोकेको चूँक्ता पूजी पुर्याउनको लागि अधिकांश बीमा कम्पनीहरुले हकप्रद निष्काशन गर्ने निर्णय गरेका छन् । उक्त प्रयोजनको लागि एलआइसी नेपालले १ः०ः८८ को अनुपातमा हकप्रद निष्काशन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । साथै, सोही प्रयोजनको लागि यस आवमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र नेको इन्स्योरेन्सले बोर्डमा आवेदन दिएका छन् ।
साथै, प्रभु इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, सन नेपाल लाइफ लगायतका कम्पनीहरुले पनि हकप्रद निष्काशको प्रक्रिया यस आवमा पुरा गरेका हुन् ।
चुक्ता पूँजी नपुगेका चार बीमा कम्पनी हकप्रद शेयर स्वीकृतिको पर्खाइमा, कुनको कति?
लाभांशः
आर्थिक वर्ष २०८०।०८१ मा बीमा क्षेत्रका कम्पनीहरुले आफ्ना लगानीकर्ताहरुलाई क्षमता अनुसारको लाभांश पनि वितरण गरेका छन् । जसमा जीवन बीमा कम्पनीहरुले अधिकतम् ३४ प्रतिशत र निर्जीवन बीमा कम्पनीहरुले १५ प्रतिशतसम्म लाभांश वितरण गरेका छन् । साथै, हिमालयन रि इन्स्योरेन्सले ४० करोड रुपैयाँ बोनश र सरकारी स्वामित्वको नेपाल रिइन्स्योरेन्सले पनि आफ्ना लगानीकर्ताहरुलाई ५ प्रतिशत लाभांश वितरण गरेको छ ।
आर्थिक वर्ष २०८०।०८१ मा दोस्रो बजारमा बीमा क्षेत्रका २६ वटा कम्पनीहरु कारोबार गरेका थिए । उक्त कम्पनीहरुको शेयरमूल्य यस आवमा न्यूनतम ३५० रुपैयाँदेखि अधिकतम् १ हजार रुपैयाँसम्म (घटबढ) भएर कारोबार भएको थियो ।