शेयर बजारप्रति सकारात्मक छु, स्थायित्वका लागि आफूले सक्रियता पूर्वक पहल गर्नेछुः अर्थमन्त्री पौडेल

१ श्रावण २०८१, मंगलवार १६:०१

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले शेयर बजारका लागि आफु निकै सकारात्मक रहेको बताएका छन् । धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालसँगैको भेटघाटमा अर्थमन्त्री पौडेलले पुँजी बजार सुधारका लाग आफु सकारात्मक रहेको तर्क राखेको हुन् ।

अर्थमन्त्री पौडेलले भने, ‘पूँजी बजारको प्रति आफू सकारात्मक रहेको छु । यसमा आवश्यक सुधार गर्नुपर्छ । यस क्षेत्रको विकास र स्थायित्वका लागि आफूले सक्रियता पूर्वक पहल गर्नेछु । तपाईहरु ढुक्क हुनुहोस् ।’

अध्यक्ष सागर ढकालको नेतृत्वमा एशोसिएसनका पदाधिकारीहरुले नवनियुक्त अर्थमन्त्री पौडेललाई भेट गरी बधाई तथा शुभकामना प्रदान गरेका थिए । भेटमा अध्यक्ष सागर ढकालले नवनियुक्त अर्थमन्त्रीबाट पूँजी बजारले यसको सुधार विकासका लागि अग्रगामी नेतृत्वको आशा गरेको बताउँदै सफल कार्यकालको शुभकामना ब्यक्त गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*