बर्षको पहिलो कारोबारको दिन ङागी गुप्र सहित यी १० कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता
१ श्रावण २०८१, मंगलवार १५:०६
काठमाडौं । हिजो नवनियुक्त अर्थमन्त्रीले पदभार ग्रहण गरेपछि घटेको शेयर बजारमा आज उछाल छाएको छ ।अर्थमन्त्री बिष्णु पौडेलको आगमन अघि नै उत्साहित रहेको शेयर बजारमा नयाँ आर्थिक बर्षको पहिलो दिनमा नै हरीयालीले स्वागत गरेको छ।
बर्षको सुरुवातमा शेयर बजारको लागि ब्राण्ड बनेको अर्थमन्त्री पौडेल र ८१र८२ को पहिलो सुरुवातमा शेयर बजारको बढोत्तरीलाई लगानीकर्ताहरुले यो बर्षको सफलताको रुपमा समेत लिएका छन् ।
आज ङागी गुप्र पावरको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, अपी पावर, अरुण भ्याली, एनआरएन इन्फास्टक्चर, सिंगटी हाईड्रोपावर, जानकी फाइनान्स, अरुण भ्याली, सिईडिबी, माउन्टोन इनर्जी, घलेम्दी पावर, हिमाल दोलखा पावरको सर्वाधिक कारोबार भएको छ।