नेशनल डेन्टलले एक लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने
१ श्रावण २०८१, मंगलवार ११:३४
काठमाडौँ। नेशनल डेन्टल हस्पिटलले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले जगेडामा रहेको १ लाख बढी कित्ता हकप्रद शेयर बिक्री गर्ने भएको हो ।
नेशनल डेन्टल हस्पिटलको वि.सं २०८० असोज १३ गते सम्पन्न साधारण सभाले तत्काल कायम सेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी कम्पनीको हकप्रद सेयर बिक्री खुला गरिएको थियो । तर, कम्पनीका सेयरधनीहरूले १ लाख ४ हजार ७७६ कित्ता सेयर खरिद नगरी बाँकी रहेको छ ।
कम्पनीको उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको उक्त सेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ ।