नयाँ आर्थिक वर्षमा सुनले बनायो नयाँ रेकर्ड, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
१ श्रावण २०८१, मंगलवार १०:३८
काठमाडौँ । नयाँ आर्थिक वर्ष २०८१।८२ को पहिलो दिनमै सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनको मूलयले पुनः कीर्तिमानी उचाइ छोएको हो।
मंगलबार सुन तोलामा ९०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ४७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको छ ।