आँखुखोला जलविद्युतको हकप्रद शेयरमा मूल्य समायोजन, आज कतिमा खुल्छ कारोबार ?

१ श्रावण २०८१, मंगलवार ०७:२५

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमबार आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको हकप्रद शेयरमा मूल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीको १५० प्रतिशत हकप्रद शेयरमा मूल्य समायोजन गरेको हो ।

नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य २२० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन हो । समायोजनपश्चात् यसको मूल्य १४८ रुपैयाँ निर्धारण भएको छ । आज मंगलबार सोही मूल्यलाई आधार मानेर नेप्सेमा यसको कारोबार खुल्नेछ ।

यस कम्पनीले १ः१.५ को अनुपातमा एक अर्ब २० करोड रुपैयाँ बराबरको एक करोड २० लाख कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । हाल ८० करोड चुक्ता पूँजी रहेको यस कम्पनीको हकप्रद शेयर जारीपश्चात् चुक्ता पूँजी दुई अर्ब रुपैयाँ पुग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*