बैंक वित्तिय संस्था र बीमा कम्पनीहरूलाई क्लोजिङ लाग्यो, मध्यरातिसम्म काम गर्दैछन् कर्मचारी (तस्वीर सहित)

३१ असार २०८१, सोमबार २२:५२

काठमाडौं । आज ३१ असार चालु आर्थिक वर्ष २०८०र८१ को अन्तिम दिन । सबै कार्यालयका कर्मचारीहरु घर पुगिसकेका छन् तर, बीमा कम्पनीहरु, बैंक र वित्तीय संस्थामा कार्यरत कर्मचारीहरु अझै घर पुग्न पाएका छैनन् । वर्षभरको सम्भवतः सबैभन्दा बढी बैंक, बीमा र फाइनान्स कम्पनीहरु आज रातीसम्म पनि कार्यालयमा व्यस्त देखिन्छ ।

आज बैंक, बीमा र वित्तिय संस्थामा क्लोजिङ्गको अन्तिम दिन लागेको छ । मध्यरातसम्म बसेर आज कर्मचारीहरु असार मसान्तको बिदाई गर्दैछन् । कर्मचारी मात्रै होइनन्, बीमा कम्पनी, बैंक तथा वित्तीय संस्थाका सिईओहरु समेत राति अबेरसम्म कार्यालयमै रहेका छन् । नबिल बैंकका सिईओ ज्ञानेन्द्र ढुंगाना बस्ने कार्यकक्षमा राति १०ः३० बजेसम्म बत्ति बलिरहेको थियो भने आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स लगायतका बीमा कम्पनीका सिईओहरुको कार्यकक्षमा पनि राति अबेरसम्म नै बत्ति बलिरहेको छ ।

अन्य दिनमा ५ बजेसम्म कार्यालयमा काम गर्ने कर्मचारीहरु आज मध्यरातीसम्म पनि काम गरिरहेका छन् । केन्द्रीय कार्यालय मात्रै नभई बैंक, बीमा कम्पनीहरुका शाखा कार्यालयहरु समेत राति अबेरसम्म नै खोलेर हिसाब किताब मिलाउँदैछन् । कतिपय शाखाहरुमा हिसाब मिलाएर समीक्षा लन्च समेत गरिरहेका छन् अधिकांश हिसाब किताब टुंग्याउनमै व्यस्त देखिन्छन् ।
उता, नेको इन्स्योरेन्स कम्पनीले भने अन्य बीमा कम्पनीहरुको तुलनामा चाँडै नै व्यवसायको हिसाब मिलाएर कर्मचारीहरुले ९ः३० तिर घर हिडेका छन् । बीमापोष्ट प्रतिनिधि सोमबार राति ९ः५० बजे नेको इन्स्योरेन्सका बीमा भवन पुग्दा सबै कोठाहरुमा बत्ति निभाइसकिएको थियो ।

सरकारी बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय जीवन बीमा कम्पनीका केही सीमित कोठाहरुमा मात्रै कर्मचारीहरु काम गरिरहेका थिए । अन्य निजि बीमा कम्पनीहरुमा जस्तो तामझाम दुई सरकारी बीमा कम्पनीमा देखिएनन् ।


बीमा कम्पनीहरु मात्रै नभई बैंकहरुमा समेत राति अबेरसम्म कर्मचारीहरु काम गरिरहेका छन् । कृषि विकास बैंक, राष्ट्रिय बाणिज्य बैंक, नबिल बैंक, ज्योति विकास बैंक, मुक्तिनाथ विकास बैंक, प्राइम बैंक, एनआईसी एसिया बैंक लगायतका बैंकहरुमा राति ११ बजेसम्म कर्मचारीहरु काम गरिरहेका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*