शेयर बजार जुवाघर हैन, अबको सरकारले अर्थतन्त्रको ऐना रुपमा हेर्छः अर्थमन्त्री पौडेल

३१ असार २०८१, सोमबार १५:३६

काठमाडौँ । नव नियुक्त अर्थमन्त्री बिष्णु पौडेलले शेयर बजार अर्थतन्त्रको ऐना भएको बताएका छन् । अर्थमन्त्रालयमा पदभार ग्रहण गर्दै पौडेलले पुँजी बजार जुवाघर नभएर अर्थतन्त्रको मुख्य ऐना रहेको बताएका हुन् ।

उनले बजारलाई जुवाघर भन्नेहरुका कारण केहि समस्या आएको बताए । उनले भने, ‘पछिल्ला केहि समय शेयर बजारलाई जुवा घर हो भन्नेहरुको जमानत बढी रहेको छ । शेयर बजार जुवाघर होइन । यो त देशको अर्थमन्त्रीको एक मुख्य ऐना हो ।’

पौडेलले शेयर बजारलाई सन्तलित तरिकाले सकारात्मक बनाउँदै लैजाने बताए । शेयर बजारको विकास र र विस्तारका लागि सरकार आवश्यक रणनीतिहरु बनाइ कार्यान्वयन गर्ने प्रतिवद्धता छु । देखिएका चुनौति समाधान गर्दै अघि बढ्छौं’ पौडेलले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*