शेयर बजारले अर्थमन्त्री पौडेललाई रातो कार्पेटले स्वागत, ८ अर्ब ७३ करोड रुपैयाँको कारोबार

३१ असार २०८१, सोमबार १५:०४

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेललाई शेयर बजारले रातो कार्पेटले स्वागत गरेको छ । चालु आर्थिक वर्ष २०८०।८१ को अन्तिम कारोबारको दिन शेयर बजार राताम्य भएको हो । आज शेयर बजारका लगानीकर्ता बिक्री गर्ने तिर हाबि भएपछि मार्केटमा करेक्सन देखिएको हो ।

अर्थमन्त्री पौडेल आउने हल्ला चलेका बेला बढेको बजार आज नियुक्ति भएको दिन भने ओरालो लागेको छ । लगानीकर्ता अब आश्वासन भन्दा काम खोजि रहेका छन् । अर्थमन्त्री पौडेलले आज पदभार ग्रहण गर्दै शेयर बजारलाई देशको अर्थतन्त्रको ऐनको रुपमा हेर्ने बताएका छन् । उनले भने, ‘शेयर बजारलाई जुवाघरको रुपमा हेर्दा केहि समस्या देखिएको हो । अब भने पुँजी बजारलाई देशको अर्थतन्त्रको मेरुदण्ड रुपमा हेरिन्छ । सन्तुलित रुपमा विकास हुनेछ ।’

साउनमा लागु हुने गरी अधिकांश बैंकहरुले ब्याजदर घटाएका छन् । ब्याजदर ओरालो लाग्दा समेत शेयर बजारमा रौनक देखिन सकेन । यसदिन कारोबार रकम भने निकै उच्च बन्न पुगेको छ । अधिकांशले शेयर बिक्री गरेपछि कारोबार रकम समेत उच्च बन्न पुगेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.१८ अकंले घटेर २२४०.४१ बिन्दुमा बन्द भएको छ । आज ३२२ कम्पनीको २ करोड ५० लाख ७९ हजार ७९ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ७३ करोड १४ लाख ३६ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

सोमबार ९ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको १.४८ प्रतिशत, विकास बैंक समूहको १.८९ प्रतिशत, फाइनान्स समूहको ०.५२ प्रतिशत, होटल तथा पर्यटन समूहको १.७६ प्रतिशत र जीवन बीमा समूहको १.६५ प्रतिशतले शेयर मूल्य ओरालो लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*