टार्गेट पुराउन फोर्स सेलिङ र एकल बीमा योजनामा अभिकर्ताहरुको जोड

३१ असार २०८१, सोमबार १३:१३

काठमाडौं । असारको अन्तिम दिन अभिकर्ताहरु टार्गेटको चटारो पर्ने आज अन्तिम दिन हो । बिशेष गरी जीवन बीमा कम्पनीमा टार्गेट पुराउन अन्तिम महिना (असार)मा कस्ता किसिमको फण्डा रचिन्छ भन्ने बिषयमा बीमा प्राधिकरणको ध्यान गएको छैन ।

प्राधिकरणले असारको टार्गेट पुरा गर्न जीवन बीमालाई ऋण लिने माध्यम बनाएको भन्दै तीन आर्थिक बर्षको किस्ता नतिरेसम्म बीमितले ऋण एवं बीमालेख धितोकर्जा वापतको कर्जा नपाउने व्यवस्था गरेको छ। पोलिसी लेभलमा बीमा कम्पनीको ध्यान गएपनि सुक्ष्म तर दिर्घकालीन असरमा भने बीमा प्राधिकरणले साना इस्यू हो भन्दै वेवास्ता गर्दा जीवन बीमाप्रति बीमितको बुझाईमा समस्या आईरहेको बीमाविज्ञको बुझाई छ।

बीमा प्राधिकरणले कम्पनीहरुको मात्रै सुपरिवेक्षण गर्दै आईरहेको छ। तर जीवन बीमा क्षेत्रमा मुख्य मेरुदण्डको रुपमा काम गर्र्दै आईरहेको बीमा अभिकर्ताहरुले असार मसान्तमा बीमा पोलिसी भित्र्याउन कसरी काम गरिरहेका छ भन्ने बिषयतर्फ पनि ध्यान दिनुपर्ने बीमा विज्ञहरु बताँउछन् ।

आज अभिकर्तालाई मात्रै नभई संचालक सिईओ, बिएमलाई प्रोसर पर्ने अन्तिम दिन हो । भोलि देखि नयाँ आर्थिक बर्षको सुरुवात हुँदैछ।

बिशेषत बीमा अभिकर्ताहरुले बर्षभरी गरेको कामको प्रतिफल र सम्मान पाउने बर्ष भएको हुँदा उनीहरु बढी चटारोमा परेको छन् । कम्पनीको टार्गेट पुराउन उनीहरु यतिबेला फोर्स सेलिङमा लागेको देखिन्छ । बिशेषगरी एकल बीमा योजनातर्फ अभिकर्ताहरु असारमा केन्द्रित हुने गरेको पाइएको छ ।

संचालकलाई यति बेला कम्पनी मजबुत बनाउने प्रोसर छ । सिईओलाई आफनो लक्ष्य र प्रतिस्पर्धामा अघि बढ्नु छ। बिएम, अभिकर्तालाई यतिबेला टार्गेटको चटारो छ।

असारको अन्तिम दिन अन्तिम घडीमा पुग्दा अभिकर्ताहरु बीमितलाई योग्य योजना भन्दा पनि टार्गेटमुखी भई बीमा गराउन व्यस्त देखिन्छन् । बिशेषत अभिकर्ताहरु एकल बीमा योजना बीमितलाई दिन चाहन्छन् । जसमा नियमन निकाय नेपाल बीमा प्राधिकरणको कडाई छ ।

बीमा प्राधिकरणले एकल बीमा योजनामा पनि तीन बर्ष पछि मात्रै ऋण लिन पाउने व्यवस्थाको कारण बीमा क्षेत्रमा हुने सरेण्डरको दर घटिरहेको बीमाकर्मीहरु बताँउछन् । यसअघि दुई आर्थिक बर्षको किस्ता बुझाएपछि ऋण लिन पाउने व्यवस्था रहेको थियो । प्राधिकरणले हाल एकल र बार्षिक बीमा योजना दुबैमा तीन आर्थिक बर्षको किस्ता बुझाएपछि मात्रै ऋण दिन पाउने व्यवस्था राखेको छ।

प्राधिकरणले यस व्यवस्थामा सुधार ल्याएसँगै कम्पनीको सरेण्डर दर घटिरहेको बीमाकर्मीहरु बताँउछन् ।

असारको अन्तिम साता एवं प्रेसरको हप्तामा अभिकर्ता गर्ने अप्रत्यासित व्यवसाय कसरी हुने गरेको छ, भन्ने बिषयमा न प्राधिकरणले सोचेको छ न त कम्पनीले नै । बर्षभरीको कामको प्रतिफल देखाउने दौडधुपमा यी बिषयलाई वेवास्ता गर्दा बीमा बजारमा विकृती भित्रिदै गईरहेको छ ।

एक कम्पनीका अभिकर्ता बारम्बारको संवादपछि व्यवसायिकोमा बीमा गराउन पुगे । ती अभिकर्ताले व्यवसायीलाई बीमा गरेको ऋण दिलाउन सक्ने आश्वासन दिए । एकल बीमालेखमा नभएर न्यूनतम तीन बर्षको अवधिसम्म भुक्तान गरिने बीमा योजनामा यस्तो सुविधा दिन सकिने र ऋण लिएपछि सरेन्डर गर्न सकिने स्कीम ती अभिकर्ताले बुझाएका थिए ।

गतसाता नै त्यो समूह एक बैंकको प्रमुख कार्यकारी अधिकृतको पुग्यो । त्यहाँ पनि त्यो समूहले बीमा गरेको अर्को दुई बर्षमा ऋण दिने स्कीम बताएको थियो ।

तर अहिले जीवन बीमा कम्पनीमा प्रिमियम बढाउनका लागि भएको खेल बीमा कम्पनीहरुलाई वित्तीय जोखिममा पार्ने खालको छ ।

असारमा जीवन बीमा गरेपछि अघिल्लो वर्षको साउनदेखि नै जोखिम कभर हुने गरेर बीमा गराउने अहिलेको योजनामा गरिन्छ ।

बीमितलाई हुने फाइदा भनेको लगानीको लागि स्रोत देखाउने बाटो हुन्छ । सम्पत्ति शुद्धिकरण गर्ने माध्यमका रुपमा जीवन बीमा कम्पनी प्रयोग हुन्छन् ।

बीमाको व्यवसाय बढाउनका प्रयोग हुने ऋणको आश्वासनको कारण अहिले बजारमा बीमा प्राधिकरणले ल्याएको व्यवस्थाले सरेण्डरको दरमा सुधार आएको एक जीवन बीमा कम्पनीका सीइओले बताए ।‘सम्पत्ति स्रोत देखाउने माध्यम केही बीमा अभिकर्ताले गलत तरिकाले बीमा शुल्क उठाएका छन्, यसको फाइदा बीमा कम्पनी र बीमितभन्दा बढी अभिकर्तालाई मात्र भएको छ,’ एक जीवन बीमा कम्पनीका सीइओले भने। बीमा कम्पनीबाट ठूलो रकमको टार्गेट लिएका अभिकर्ताले नै बजारमा यस्तो तरिकाको पोलिसी बेच्ने हो ।

व्यवसायीहरुको पुग्ने अभिकर्ताले असार मसान्तमा मात्र आफूले १ अर्ब रुपैयाँको टार्गेट लिएको सुनाएका थिए । यसरी टार्गेट पूरा गर्ने अभिकर्तालाई बीमा कम्पनीले थप सुविधा दिने गर्छन् ।पछिल्ला वर्षहरुमा बीमा कम्पनीहरुमा सरेन्डरको रेसियो समेत बढ्दै गएको छ । तर बीमा प्राधिकरणको बीमालेख धितोकर्जा सम्बन्धी व्यवस्थाको कारण भने अघिल्ला आर्थिक बर्षको आधारमा हेर्ने हो भने केही रोसियोको आधारमा सुधार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*