प्रधानमन्त्री नियुक्त भएको पहिलो दिनमै गठन गर्यो २२ सदस्यीय मन्त्रिपरिषद्, कसलाई कुन मन्त्रालय ?
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट दुई तिहाइ सांसदको साथ पाएका छन् । मन्त्रीपरिषद गठनकै क्रममा उनले केही साना दललाई समेट्दै आफ्नो पक्षमा दुई तिहाइ सांसद जुटाएका हुन् ।
उनले पहिलो दिनमा नै २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।
प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास, विष्णु पौडेल, उपप्रधान तथा अर्थ, पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय, रमेश लेखक, गृह, शरतसिंह भण्डारी, श्रम तथा रोजगार, आरजु राणा देउवा, परराष्ट्र, नवलकिशोर साह सुडी, महिला बालबालिका, देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात, तेजुलाल चौधरी, युवा तथा खेलकुद, प्रदीप यादव, खानेपानी प्रदीप पौडेल, स्वास्थ्य, अजय चौरसिया, कानुन न्याय, तथा संसदीय मामिला, बद्री प्रसाद पाण्डे, पर्यटन, रामनाथ अधिकारी, कृषि, विद्या भट्टराई, शिक्षा विज्ञान तथा प्रविधि, मानवीर राई, रक्षा, दीपक खड्का, जलस्रोत तथा ऊर्जा, राजकुमार गुप्ता, संघीय मामिला तथा सामान्य, ऐनबहादुर शाही ठकुरी, वन तथा वातावरण २२ सहित जना मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेका थिए ।
सिफारिस अनुसार राष्ट्रपतिले मन्त्रीहरूलाई नियुक्त गरेपछि सोमबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् ।