कुमारी बैंकले पनि घटायो ब्याजदर
काठमाडौं । कुमारी बैंक लिमिटेडले ब्याजदर घटाएको छ । बैंकले साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो ।
बैंकले साउनमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ६.५१ प्रतिशत र संस्थागततर्फ अधिकतम ५.५६ प्रतिशत र कुमारी स्मार्ट मोबाइल एप प्रयोगकर्तालाई ६.७१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । गत असारमा बैंकले व्यक्तिगतमा अधिकतम ६.५६ प्रतिशत, संस्थागतमा अधिकतम ५.६१ प्रतिशत र कुमारी स्मार्ट मोबाइल एप प्रयोगकर्तालाई ६.७६ प्रतिशत ब्याजदर तोकेको थियो ।
बैंकले व्यक्तिगतमा ३ महिनादेखि ६ महिनामुनिको अवधिका लागि ५.२१ प्रतिशत, ६ महिनादेखि १ वर्षमुनिको अवधिका लागि ५.६६ प्रतिशत, १ वर्षदेखि ३ वर्षमुनि अवधिको लागि ६.०१ प्रतिशत, ३ वर्ष वा सोभन्दा बढी अवधिका लागि ६.५१ प्रतिशत र फिक्स डिपोजिट प्लस÷रिकरिङ्ग ( १ वर्षदेखि ५ वर्ष अवधि)मा ६.०१ प्रतिशत ब्याजदर तोकेको छ । संस्थागतमा ६ महिनादेखि १ वर्षमुनिको अवधिमा ४.०१ प्रतिशत, १ वर्षदेखि ३ वर्षमुनिको अवधिमा ४.७६ प्रतिशत र ३ वर्ष वा सोभन्दा माथिको अवधिमा ५.५६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
बैंकले कुमारी स्मार्ट मोबाइल एप प्रयोगकर्तालाई ३ महिनादेखि ६ महिनामुनिको अवधिका लागि ५.४१ प्रतिशत, ६ महिनादेखि १ वर्षमुनिको अवधिका लागि ५.८६ प्रतिशत, १ वर्षदेखि ३ वर्षमुनि अवधिको लागि ६.२१ प्रतिशत, ३ वर्ष वा सोभन्दा बढी अवधिका लागि ६.७१ प्रतिशत र फिक्स डिपोजिट प्लस÷रिकरिङ्ग ( १ वर्षदेखि ५ वर्ष अवधि)मा ६.२१ प्रतिशत ब्यादजर कायम गरेको छ ।