एनएमबि बैंकले घटायो ब्याजदर
काठमाडौं । एनएमबि बैंक लिमिटेडले साउन महिनाका लागि ब्याजदर घटाएको छ। बैंकले साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो।
बैंकले साउनमा व्यक्तिगततर्फ मुद्दती निक्षेपमा अधिकतम ७.५३ प्रतिशत र संस्थागतमा अधिकतम ६.५३ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले गत महिनाका लागि व्यक्तिगतमा अधिकतम ७.६९ प्रतिशत र संस्थागतमा अधिकतम ६.६६ प्रतिशत ब्याजदर तोकेको थियो ।
बैंकले साउनमा व्यक्तिगतमा ६ महिनादेखि १ वर्षमुनिको अवधिमा ४.५० प्रतिशत, १ वर्षदेखि ३ वर्ष मुनिको अवधिमा ५.५० प्रतिशत, ३ वर्षदेखि ५ वर्ष मुनिको अवधिमा ७.२५ प्रतिशत, ५ वर्ष र सोभन्दा माथिको अवधिमा ७.५३ प्रतिशत, मान्यजन मुद्दती (१ वर्ष अवधि)मा ६ प्रतिशत र सलर मुद्दती बचत खाता (३ महिना अवधि)मा ४ प्रतिशत ब्याजदर तोकेको छ ।
त्यसैगरी बैंैकले संस्थागतमा ६ महिनादेखि १ वर्षमुनिको अवधिमा ३.५० प्रतिशत, १ वर्षदेखि ३ वर्षमुनिको अवधिमा ४.५० प्रतिशत, ३ वर्षदेखि ५ वर्षमुनिको अवधिमा ६.२५ प्रतिशत र ५ वर्ष वा सोभन्दा माथिको अवधिमा ६.५३ प्रतिशत ब्याजदर तोकेको छ ।
बैंकले साउनमा साधारण बचत खातामा ३.०२ प्रतिशतदेखि ४.०२ प्रतिशत र रेमिटेन्समा ६.८७ प्रतिशत ब्याजदर तोकेको छ । अघिल्लो महिनामा बैंकले साधारण बचत खातामा ३.१५ प्रतिशतदेखि ४.६५ प्रतिशत र रेमिटेन्समा ७ प्रतिशत ब्याजदर कायम गरेको थियो ।