ग्लोबल आइएमई बैंकले घटायो ब्याजदर

३१ असार २०८१, सोमबार ०७:४१

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले साउन महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएको हो ।

बैंकले साउन महिनामा व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ अधिकतम ५.२५ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले गत महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.५० प्रतिशत र संस्थागततर्फ अधिकतम ५.५० प्रतिशत ब्याजदर तोकेको थियो ।

बैंकले साउनका लागि व्यक्तिगतमा ३ देखि ६ महिना अवधिका लागि ४ प्रतिशत, ६ महिनादेखि १ वर्षभन्दा कम अवधिका लागि ५ प्रतिशत, १ देखि २ वर्षभन्दा कम अवधिका लागि ५.५० प्रतिशत र २ वर्ष वा सोभन्दा माथिको अवधिका लागि ६.२५ प्रतिशत ब्याजदर तोकेको छ ।

बैंकले संस्थागततर्फ ६ महिनादेखि १ वर्षभन्दा कम अवधिका लागि ४ प्रतिशत, १ वर्षदेखि २ वर्षभन्दा कम अवधिका लागि ४.५० प्रतिशत र २ वर्ष वा सोभन्दा माथिको अवधिका लागि ५.२५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

बैंकले साधारण बचततर्फ पनि ब्याजदर घटाएको छ । साउनका लागि बैंकले साधारण बचत खातामा ३.०५ देखि ३.५५ प्रतिशत र ग्लोबल रेमिट सेभिङमा ४.५५ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले गत महिनाका लागि ३.०५ देखि ४.०५ प्रतिशत र ग्लोबल रेमिट सेभिङमा ५.०५ प्रतिशत ब्याजदर तोकेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*