नेपाल बैंकले पनि घटायो ब्याजदर
काठमाडौं । नेपाल बैंक लिमिटेडले नयाँ ब्याजदर सर्वाजनिक गरेको छ । बैंकले साउन महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएको हो ।
यस बैंकले साउन महिनाका लागि साधारण बचत खातामा न्यूनतम ३.२० प्रतिशतदेखि अधिकतम ५.२० प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकले रेमिटेन्स सेभिङ र एनबीएल रेमिटेन्स आईपीओ सेभिङमा ६.२० प्रतिशत ब्याजदर कायम गरेको छ ।
बैंकले असार महिनामा न्यूनतम ३.६५ प्रतिशतदेखि अधिकतम ५.६५ प्रतिशत ब्याजदर कायम गरेको थियो । बैंकले रेमिटेन्स सेभिङ र एनबीएल रेमिटेन्स आईपीओ सेभिङमा ६.६५ प्रतिशत ब्याजदर तोकेको थियो ।
बैंकले साउन महिनामा व्यक्तिगत मुद्दती निक्षेपतर्फ २ वर्ष अवधिसम्मका लागि ५.२५ प्रतिशत र २ वर्ष माथिको अवधिका लागि ६.२५ प्रतिशत व्याजदर तोकेको छ । त्यस्तै संस्थागत मुद्दती निक्षेपमा ४.२५ प्रतिशत र रेमिटेन्सतर्फ ७.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । असार महिनाका लागि बैंकले व्यक्तिगततर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४.७५ प्रतिशत र रेमिटेन्समा ७.७५ प्रतिशत ब्याजदर कायम गरेको थियो ।
बैंकको आधारदर ७.८८ प्रतिशतमा झरेको छ ।