२०१ कम्पनीको शेयरमूल्य बढ्यो, कुनको कति ?

३० असार २०८१, आईतवार १५:१४

काठमाडौं । कारोबार साताको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक आज ५२.९७ अंकले बढेर २२५७.५९ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै आज कारोबार भएका २०१ कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ । आइतबार रिडी पावर कम्पनी र माण्डु हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, जानकी फाइनान्सको शेयरमूल्य ९.९५ प्रतिशत, हिमाल दोलखा हाइड्रोपावरको ९.९३ प्रतिशत, अरुणभ्याली हाइड्रोपावरको ९.३७ प्रतिशतले शेयरमूल्य बढेको छ ।

नयाँ सरकार गठनको प्रक्रिया र सर्वाधिक शेयर बजारले रुचाएका विष्णु पौडेल नयाँ अर्थमन्त्री बन्ने सम्भावना बलियो रहेको कारण शेयर बजार वृद्धि भएको जनकार बताउँछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*