आजसम्म कायम शेयरधनीले आँखुखोला जलविद्युतको हकप्रदमा आवेदन दिन पाउने

३१ असार २०८१, सोमबार ०६:१८

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद निष्काशनका लागि भोलि साउन १ गते बुक क्लोज गर्दैछ । यसका आधारमा नेप्सेमा आजसम्म यस कम्पनीको शेयर कारोबार गर्नेले मात्रै कम्पनीले जारी गर्ने हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् ।

यस कम्पनीले १ः१.५ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले एक अर्ब २० करोड रुपैयाँबराबरको एक करोड २० लाख कित्ता हकप्रद जारी गर्ने जनाएको छ । हकप्रद निष्काशनमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले बिक्री प्रबन्धकको काम गर्नेछ ।

कम्पनीलाई नेपाल धितोपत्र बोर्डले असार १९ गते हकप्रद निष्काशनका लागि अनुमति दिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*