१५ मिनेटमै १ अर्बको शेयर कारोबार
३० असार २०८१, आईतवार ११:१८
काठमाडौँ । नयाँ सत्ता समीकरणले शेयर बजारमा रौनक आएको छ । अर्थमन्त्रीका रुपमा लगानीकर्ताले रुचाएका ब्यक्ति विष्णु पौडेल आउने पक्का पक्की छ । सोहि कारण पनि शेयर बजारका लगानीकर्ता उत्साहित भएका हुन् ।
बजार खुलेको १५ मिनेटमै आए १ अर्ब ९ करोड ५३ लाख ८८ हजार रुपैयाँको शेयर कारोबार भएको छ । यो समाचार तयार पर्दा (११ः१५ बजे) बजार ३५.४३ अकंले बढेर २२४०.०५ बिन्दुमा पुगेको छ ।
बजार खुलेको ३ मिनेट मै ८५ अकंले बढेपनि बिक्री गर्नेहरु हाबि हुँदा केहि ओरालो लागेको थियो ।