मातृभूमि लघुवित्तको सीईओमा अशोक कुमार आचार्य
३० असार २०८१, आईतवार १०:५२
काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक कुमार आचार्यलाई नियुक्त गरिएको छ ।
कम्पनीकास असार २८ गते बसेको सञ्चालक समिति बैठकको निर्णयले अर्को व्यवस्था नभएसम्मका लागि संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत आचार्यलाई सीईओको जिम्मेवारी दिएको हो ।
साविकको किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त मर्ज भई मातृभूमि लघुवित्तको नामबाट एकीकृत कारोबार सञ्चालन गरेका छन् ।