तीन कम्पनीको साधारणसभा आज बस्दै, केके छन् एजेण्डा?
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेड, विजय लघुवित्त वित्तीय संस्था लिमिटेड र रसुवगढी हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारणसभा आज असार ३० गते बस्दैछ । यीमध्ये कुनै पनि कम्पनीले शेयरधनीलाई लाभांश भने दिने छैनन् ।
समाज लघुवित्तको छैठौं वार्षिक साधारणसभा आज सर्लाहीको मलंगवास्थित जानकी फेमली होटल एण्डा पार्टि प्यालेसमा बिहानको साढे ११ बजे देखि शुरू हुनेछ । सभाले अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जरका लागि आवश्यक कार्य गर्ने, सञ्चालक समितिलाई अख्तियारी दिने र २ जना सर्वसाधारण समूह ‘ख’ सञ्चालकको निर्वाचन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै गत आवको वार्षिकर लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षकको नियक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ । सभा प्रयोजनार्थ संस्थाले असार २० देखि बुक क्लोज गरिसकेको छ । यसका आधारमा असार १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरू मात्रै सभामा उपस्थित हुन सक्नेछन् ।
विजय लघुवित्तको पन्ध्रौं वार्षिक साधारणसभा काभ्रेपलाञ्चोकको धुलिखेलस्थित धुलिखेल लज रिर्सोटमा बिहानको ११ बजेदेखि शुरू हुनेछ । सभाले सर्वसाधारणका लागि छुट्याइएको साधारण शेयर सम्बन्धित नियकायबाट स्वीकृति लिई थप सार्वजनिक निष्काशन (एफपीओ) गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।
गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ । सञ्चालक समितिमा संस्थापक समूह ‘क’ बाट ४ जना र सर्वसाधारण समूह ‘ख’ बाट २ जना सञ्चालक नियक्त गर्ने र संस्थाको सञ्चालक समितिबाट भएको स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्नेछ । सभा प्रयोजनार्थ कम्पनीले असार १७ देखि बुक क्लोज गरिसकेको छ । यसका आधारमा असार १६ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरू मात्रै सभामा उपस्थित हुन पाउनेछन् ।
रसुवागढी हाइड्रोपावरको दशौं र एघारौं वार्षिक साधारणसभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा विहान ११ बजेदेखि शुरू हुनेछ । सभाले आव २०७८।७९ र २०७९।८० को वार्षिक र लेखापरीक्षकको प्रतिवेदन सहितका वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै, चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ । सभाले २ जना स्वतन्त्र सञ्चालकको नियुक्ती र सञ्चालक समितिका सदस्यहरुको बैठक भत्ता निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले जेठ २३ गते एक दिन बुक क्लोज गरिसकेको छ । यसका आधारमा जेठ २२ गतेसम्म नेप्सेमा काराबार भई कामय शेयरधनी मात्रै सभामा उपस्थित हुन सक्नेछन् ।