मातृभूमि लघुवित्तले एकीकृत वित्तीय कारोबार शुभारम्भ

२९ असार २०८१, शनिबार १२:४७

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्थाले एकीकृत वित्तीय कारोबार शुभारम्भ गरेको छ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रको प्रमुख आथित्यतामा किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था एकापसमा गाभिई बनेको मातृभूमि लघुवित्त वित्तीय संस्थाको एकीकृत बित्तीय कारोबारको शुभारम्भ भएको हो ।

मातृभूमि लघुवित्त वित्तीय संस्थाका अध्यक्ष लोकराज शर्माको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि मिश्रले नेपाल राष्ट्र बैंकको निर्देशन तथा उद्देश्य अनुरुप दुई कम्पनी मर्जर भई लघुवित्त संस्थाहरु मध्ये उत्कृष्ट, सवल तथा अग्रणी संस्था हुन सुझाव दिए।

कार्यक्रममा साविकका किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका पूर्व अध्यक्ष तथा सञ्चालक समितिका सदस्यहरुलाई प्रमुख अतिथि तथा सञ्चालक समितिका अध्यक्षबाट सम्मान पत्र प्रदान गरिएको थियो । सञ्चालक समितिका सदस्य विमला योगीले स्वागत मन्तब्यबाट शुभारम्भ भएको कार्यक्रम अशोक आचार्यले सञ्चालन गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*