राष्ट्रपतिद्वारा संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनको आह्वान, केपी ओली आजै प्रधानमन्त्री नियुक्त हुँदै
२८ असार २०८१, शुक्रबार २०:४०
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान २०७२ को धारा ७६ (२) बमोजिम नयाँ सरकार गठनका लाग दाबी पेस गर्न आह्वान गर्नुभएको छ । आजै विश्वासको मत लिन खोज्दा प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएसँगै राष्ट्रपति पौडेलले नयाँ सरकार गठनको लागि आह्वान गर्नुभएको हो ।
राष्ट्रपति कार्यालयद्धारा जारी सूचनामा संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधि सभाको दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दावी पेस गर्न ७२ घन्टा समयअवधी तोकिएको छ ।
राष्ट्रपति पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री हुने गरी धारा ७६ (२) बमोजिम नयाँ सरकार गठनको लागि आह्वान गर्नुभएको हो । अब सम्भवतः आजै राष्ट्रपति पौडेलबाट केपी ओली प्रधानमन्त्री नियुक्त हुनुहुनेछ ।