चालु आवको ११ महिनामा वाणिज्य बैंकको मुनाफा उच्च गिरावट, नेपाल बैंकको ६५ प्रतिशतले घट्दा, अन्यको कति ? (सूची सहित)

२८ असार २०८१, शुक्रबार २०:१९

काठमाडौं । गत बर्षको तुलनामा वाणिज्य बैंकहरुको मुनाफा १६ प्रतिशतले घटेको छ ।

गत आर्थिक बर्षमा ६७ अर्ब २३ करोड रुपैयाँ मुनाफा आर्जन गरेको वाणिज्य बैंकले यो बर्ष ५६ अर्ब ४५ करोड रुपैयाँ मात्रै मुनाफा आर्जन गरेका हुन् । यस अवधिसम्ममा २० कम्पनीमध्ये ६ कम्पनीको मात्रै मुनाफा वृद्धि भएको छ। बाँकि १६ कम्पनीको मुनाफा भने गत आर्थिक बर्षको तुलनामा घटेको छ।

नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको वित्तिय विवरण अनुसार यस्तो देखिएको हो । यस अवधिसम्ममा अग्रस्थामा मुनाफा आर्जन गर्ने बैंक नबिल बैंक रहेको छ।

वृद्धिदरको आधारमा हेर्ने हो भने कृषि विकास बैंक अग्रस्थानमा रहेको छ । बैंकको वृद्धिदर ९३ प्रतिशत रहेको छ। दोस्रोमा प्राइम कर्मर्शीयल बैंक रहेको छ। बैंकको मुनाफा १० प्रतिशतले वृद्धि भएको छ।

त्यस्तै, प्रभु बैंकको ४।८० प्रतिशत, सिटिजन्स बैंकको ४।५४ प्रतिशत र सिद्धार्थ बैंकको १ प्रतिशतले वृद्धि भएको छ। बाँकि १४ कम्पनीको मुनाफा भने घटेको छ। यस अवधिमा सबैभन्दा बढी दरले नाफा घट्ने बैंक नेपाल बैंक बनेको छ । नेपाल बैंकको मुनाफा ६५ प्रतिशतले गिरावट आएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*