नोक्सानीमा रहेका यी कम्पनीहरुको शेयर मूल्य उच्च

२९ असार २०८१, शनिबार ०७:२८

काठमाडौं । असारको अन्तिम कारोबारको नजिक पुग्दा यो बर्ष २२ को विन्दुमा बजार कायम भएर बिहिबार बन्द भएको छ। साताको दुई दिन बाँकि नै रह्दा यो बर्षको अन्त्यमा शेयर बजारमा सरकार परिवर्तन हुने हल्लाले बजारमा रौनकता छायो । विशेषत  शेयर बजारमा सरकार परिवर्तन पछि विष्णु पौडेल अर्थमन्त्री बन्ने हल्लाले लगानीकर्ताहरुमा उत्साह छाएको थियो । सो कारण यी हल्लाहरुका बीच यो बर्ष नेप्से पहिलो पटक बजार बन्द हुँदा २२ सय माथिको विन्दुमा रोकिन सफल भयो।

बजार एक वर्षकै उच्च विन्दुमा आइपुग्दा केही कम्पनीले पनि वर्षको उच्च मूल्य पाएका छन्।बलेफी हाइड्रोपावर कम्पनीको सेयर मूल्य कम्पनी सूचीकरण भएयताकै उच्च मूल्यमा आइपुगेको हो। बिहीबार कम्पनीको सेयर मूल्य चार सय २१ रूपैयाँ ५० पैसा छ।

सामान्यतः केही हजार कित्ता सेयर कारोबार हुने गरेको यो कम्पनीको बिहीबार एक लाख कित्ताभन्दा धेरै सेयर कारोबार भएको छ।

मूल्य बढ्दो क्रममा रहेकोले सबैजसो प्राविधिक विश्लेषणले कम्पनीको अवस्था सकारात्मक नै देखाएको छ। तर, कम्पनी नोक्सानमा छ। कम्पनीको नोक्सानी हरेक त्रैमासमा बढिरहेको छ।

जानकी फाइनान्स
जानकी फाइनान्सको बिहीबार सेयर मूल्य सात सय ५५ रूपैयाँ ८० पैसा छ। यो एक वर्षयताकै उच्च मूल्य हो। कुनै समय कम्पनीको सेयर मूल्य आठ सय ३६ रूपैयाँसम्म पुगेको थियो।

यी दुई दिनमा पनि कम्पनीको कारोबार यसअघि जस्तै उच्च नै छ। केही दिनदेखि कम्पनीको कारोबार दैनिक दुई लाख कित्ता हाराहारी भइरहेको छ।

कम्पनीसँग सञ्चित रहेको नोक्सानी ४५ करोड रूपैयाँ पुगेको छ। कम्पनीको मुख्य आम्दानीको स्रोत ब्याज आम्दानी अघिल्लो वर्षको चैतको तुलनामा बढेको छ। अघिल्लो वर्ष चैतमा ४२ करोड ५३ लाख ब्याज आम्दानी गरेको कम्पनीले गत चैतमा ४३ करोड १३ लाख आम्दानी गरेको छ।

कम्पनीको खराब कर्जा खासै सुधार हुन सकेको छैन। कम्पनीको खराब कर्जा कुल कर्जाका करिब २९ प्रतिशत बराबर छ। कम्पनी नोक्सानमा रहेकोले प्रतिसेयर आम्दानी पनि ऋणात्मक नै छ भने प्रतिसेयर नेटवर्थ मात्रै ७६ रूपैयाँ ९४ पैसा छ।

न्यादी हाइड्रोपावर कम्पनी
न्यादी हाइड्रोपावर कम्पनीको सेयर मूल्य एक वर्ष यताकै उच्च मूल्यमा आइपुगेको हो। बिहीबार कम्पनीको सेयर मूल्य तीन सय ६१ रूपैयाँ ९० पैसा छ।

कम्पनीको यसअघि पाँच सय ६६ रूपैयाँसम्म मूल्य पुगेको छ।

बिहीबार कम्पनीको सेयर कारोबार बुधबारको भन्दा घटेको पनि देखिन्छ। बुधबार कम्पनीको करिब ५९ हजार कित्ता सेयर कारोबार भएकोमा बिहीबार ३९ हजार कित्ता सेयर किनबेच भएको छ।

यो कम्पनी पनि नोक्सानमा छ। कम्पनीको नोक्सानी हरेक त्रैमासमा बढिरहेको छ। गत पुसमा १० करोड नोक्सानमा रहेको कम्पनी गत चैतमा १५ करोड रूपैयाँ नोक्सनमा छ।

कम्पनीसँग सञ्चित रहेको नोक्सानी ४९ करोड रूपैयाँ पुगेको छ। विद्युत बेचेर हुने कमाई सामान्य घटेको छ। गत चैतमा कम्पनीले विद्युत बेचेर ४३ करोड रूपैयाँ कमाएको थियो।

कम्पनी नोक्सानमा रहेकोले प्रतिसेयर आम्दानी पनि ऋणात्मक नै छ भने प्रतिसेयर नेटवर्थ मात्रै ६७ रूपैयाँ ०५ पैसा छ।

बलेफी हाइड्रोपावर

बलेफी हाइड्रोपावर कम्पनीको सेयर मूल्य कम्पनी सूचीकरण भएयताकै उच्च मूल्यमा आइपुगेको हो। बिहीबार कम्पनीको सेयर मूल्य चार सय २१ रूपैयाँ सामान्यतः केही हजार कित्ता सेयर कारोबार हुने गरेको यो कम्पनीको बिहीबार एक लाख कित्ताभन्दा धेरै सेयर कारोबार भएको छ।

मूल्य बढ्दो क्रममा रहेकोले सबैजसो प्राविधिक विश्लेषणले कम्पनीको अवस्था सकारात्मक नै देखाएको छ। तर, कम्पनी नोक्सानमा छ। कम्पनीको नोक्सानी हरेक त्रैमासमा बढिरहेको छ।

गत पुसमा १८ करोड नोक्सानमा रहेको कम्पनी गत चैतमा २६ करोड रूपैयाँ नोक्सनमा छ। कम्पनीसँग सञ्चित रहेको नोक्सानी ७० करोड रूपैयाँ पुगेको छ। विद्युत बेचेर हुने कमाई बढिरहेको भए पनि कम्पनी नाफामा आइसकेको छैन। गत चैतमा कम्पनीले विद्युत बेचेर ६९ करोड रूपैयाँ कमाएको थियो।

कम्पनी नोक्सानमा रहेकोले प्रतिसेयर आम्दानी पनि ऋणात्मक नै छ भने प्रतिसेयर नेटवर्थ मात्रै ६१ रूपैयाँ ४८ पैसा छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*