प्रचण्डलाई कामु प्रधानमन्त्रीको जिम्मेवारी
२८ असार २०८१, शुक्रबार १९:०६
काठमाडौँ । राष्ट्रपति कार्यालयले माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई कामु प्रधानमन्त्रीको जिम्मेवारी दिएको छ । नेपालको संविधानको धारा ७६ को उपधार (२) बमोजिम नियुक्त प्रधानमन्त्री दाहालले धारा १०० को उपधारा (२) बमोजिम आज विश्वासको मत लिएका थिए ।
विश्वासको मत नपाएका प्रचण्डलाई राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७७ को उपधारा ३ बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन् ।