रिलायन्स स्पिनिङ्ग मिल्समा १८ कम्पनीको ७० करोड लगानी फस्यो

२८ असार २०८१, शुक्रबार १८:०१

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सको शेयर किन्ने १८ कम्पनीले ७० करोड २८ लाख २३ हजार रुपैयाँ लगानी जोखिममा परेको छ । कम्पनीले संस्थागत लगानीकर्ताका लागि बिक्री मूल्य प्रतिकित्ता न्यूनतम ६०८ रुपैयाँदेखि अधिकतम ९१२ रुपैयाँ तोकेको थियो । उक्त प्रक्रियामा भाग लिएका ६४ वटा कम्पनी मध्ये १८ वटा कम्पनीले अधिकत ९१२ रुपैयाँ मूल्यमा सेयर किन्न आवेदन दिएका थिए । जसमा उनीहरुको लगानीकर्ता बालुवामा पानी खनाए जस्तै भएको हो ।

कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने धितोपत्र बोर्डसँग सेटिङ गरेको विषय लेखा समितिमा उठेको थियो । लेखा समितिले धितोपत्र बोर्डसँग स्पष्टिकरण सोधेपछि बोर्डले तत्कालका लागि कम्पनीलाई आइपीओ जारी गर्नेबाट रोकेको हो । यता, उच्च अदालत पाटनले समेत कम्पनीलाई आइपीओ निष्कासन गर्ने रोक्ने आदेश दिएको छ ।

आम लागनीकर्ताले महङ्गोमा शेयर जिम्मा लगाउन खोज्ने रिलायन्सको सपनामा धक्का लागेको हो । तर, संस्थापक लगानीकर्ताको भने लगानी फसेको छ । कम्पनीले गत माघ १० गतेदेखि १४ गतेसम्म योग्य संस्थागत लगानीकर्ताहरूलाई ७ लाख ७० हजार ६४० कित्ता सेयर बिक्रीमा राखेको थियो । १८ वटा संस्थागत लगानीकर्ताले कुल ११ लाख ७२ हजार ५८३ कित्ताका लागि १ अर्ब ६ करोड ९३ लाख रुपैयाँ बराबरको आवेदन दिएका थिए ।

इटहरी खनारका जनताको स्वास्थ्यमाथि खेलवाड गर्दै रिलायन्स स्पिनिङ मिल्स, वातावरण मन्त्रालयको ध्यान पुगेन

प्रभु क्यापिटलले १ लाख ५४ हजार १२८ कित्ता, नेशनल फण्ड म्यानेजमेन्टले १ लाख ५४ हजार कित्ता, कुमारी धनबृद्धि योजनाले १ लाख १५ हजार कित्ता, प्रभु स्मार्ट फण्डले १ लाख ९ हजार कित्ता, नबिल स्टक डिलरले १ लाख कित्ता सेयरका लागि आवेदन दिएका थिए ।

यस्तै कुमारी इक्विटी फण्डले ९० हजार कित्ता, प्रभु सेलेक्ट फण्डले ७६ हजार ७५५ कित्ता, कुमारी क्यापिटलले ७५ हजार कित्ता, गौरव नेपाल इन्भेष्टमेन्ट प्रालिले ६० हजार कित्ता, भेन्चर क्यापिटल प्रालिले ५० हजार कित्ता, कुमारी सुनौलो लगानी योजनाले ३५ हजार कित्ता, सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ र नेपाल लाइफ क्यापिटलले ३०÷३० हजार कित्ता, सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमले १५ हजार कित्ता, सिद्धार्थ क्यापिटलले १० हजार कित्ता र एसआर हाइड्रो एन्ड इन्भेष्टमेन्ट प्राइभेटले ८ हजार ७ सय कित्ताका लागि आवेदन दिएका थिए ।

जसमध्ये अधिकांश संस्थागत लगानीकर्ता तीन वटा मर्चेन्ट बैंकका म्युचुअल फण्ड रहेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*