५६१ दिनपछि बालुवटार छोड्दै प्रचण्ड
२८ असार २०८१, शुक्रबार १७:३६
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभामा मागेको विश्वासको मत बहुमतले अस्वीकृत भएको छ ।
दाहालले मागेको विश्वासको मतको पक्षमा ६३ मत पर्यो भने विपक्षमा १९४ मत पर्दा एकजना सांसद् तटस्थ बसे । सभामुख देवराज घिमिरेका अनुसार आज सदनमा २५८ जना सांसद उपस्थित थिए ।
दाहालले प्रधानमन्त्रीका रूपमा तेस्रो कार्यकाल सम्हालेयता संसद्मा पाँचौंपटक विश्वासको मत मागेका थिए । तर नेपाली कांग्रेस, नेकपा एमालेलगायत दलहरुले दाहाललाई विश्वासको मत दिएनन् ।
प्रचण्ड एक वर्ष ६ महिना १६ दिन अर्थात् ५६१ दिन प्रधानमन्त्री पदमा बसेका हुन् । आजै उनी बालुवटार छोड्दै छन् ।