असार मसान्तको चाप, भोलि शनिबार समेत बैंक काउन्टर खुला रहने
२८ असार २०८१, शुक्रबार १६:४३
काठमाडौँ । बैंकहरुलाई असार मसान्तको चाप परेको छ । वर्षभरको सम्भवतः असारमा सबैभन्दा बढी राजस्व संकलन हुने र सरकारले भुक्तानी गर्ने भएकाले बैंक ब्यस्त रहेका हुन् ।
सरकारले राजस्व कारोबार गर्ने सबै बैंकहरुको शाखा र काउन्टर भोलि अर्थात शनिबार समेत खुला रहने भएका छन् । राजस्व बुझ्ने सबै बैंकको शाखा र काउन्टर पुरै समय खुला गरि नियमित राजस्व बुझ्ने व्यवस्था मिलाइएको छ ।
कुन बैंकको कुन शाखा खुल्छन् ?