ढल्यो प्रचण्ड सरकार, विपक्षमा १९४ मत

२८ असार २०८१, शुक्रबार १७:१५

काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको सरकार ढलेको छ । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था बमोजिम प्रधानमन्त्री प्रचण्डले विश्वास मत लिएका थिए ।

जम्मा २५९ जना सांसदहरु सहभागि रहेका थिए । संसदमा उनको पक्षमा ६३ मत पर्दा विपक्षमा १९४ मत परेको हो । तथस्टको रुपमा राष्ट्रिय जनमोर्चाको एक मत परेको हो । २७५ सदस्यीय प्रतिनिधिसभामा सरकार बनाउनका लागि १३८ मत चाहिन्छ ।

संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्ने सहमती भएसँगै प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन एमालेले फिर्ता लिएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*