लगानी क्षेत्रका कम्पनीले वितरण गरे उचित लाभांश, कुनले कति दिए ? (सूचीसहित)
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हाल लगानी क्षेत्रका ७ कम्पनीहरु सूचीकृत रहेका छन् । उक्त कम्पनीहरुले आर्थिक वर्ष २०७९।८० मा आफ्ना लगानीकर्ताहरुलाई उचित प्रतिफल दिन सफल भएका छन् ।
लगानी क्षेत्रका कम्पनीहरुमध्ये गत आर्थिक वर्षमा नागरिक लगानी कोष (सीआईटी)ले सबैभन्दा बढी लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई १४ प्रतिशत बोनश शेयर र ० दशमलव ७४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
त्यस्तै, इमर्जिङ नेपाल लिमिटेडले ८.४२ प्रतिशत लाभांश वितरण गरेको छ । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले ५.२६ प्रतिशत नगद, नेपाल इन्फ्रास्टक्चले ४.२१ प्रतिशत नगद, हाथवे इन्भेष्टमेन्टले १० प्रतिशत बोनश शेयर र ०.५३ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।
सीईडीबि हाइड्रोपावर र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आफ्ना लगानीकर्ताहरुको हात खाली बनाएको छ ।