माण्डु हाइड्रोपावरको अध्यक्ष श्रेष्ठ नियुक्त
२८ असार २०८१, शुक्रबार १३:२७
काठमाडौं । माण्डु हाइड्रोपावरको अध्यक्षमा रविन्द्र लाल श्रेष्ठ नियुक्त भएका छन् । त्यस्तै, अध्यक्ष तथा सञ्चालक पदमा रहेका महेश्वर प्रकाश श्रेष्ठको राजिनामा स्वीकृत भएको छ।
कम्पनीको गत असार २८ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक रहेका श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
त्यस्तै।,अध्यक्ष तथा सञ्चालक पदमा रहेका महेश्वर प्रकाश श्रेष्ठले आफ्नो कार्यव्यस्तताका कारण दिएको राजीनामा स्विकृत समेत गरेको छ।