ग्लोबल आइएमई बैंक र एफएनसीसीई प्रदेश नं १ बीच सम्झौता
काठमाडौं । ग्लोबल आइएमई बैंक र एफएनसीसीआई प्रदेश नं १ बीच महासंघका सदस्यहरुलाई सहज बैंकिङ सेवा पुर्याउने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकको प्रदेश नं १ प्रमुख सुभाष सापकोटा तथा महासंघका तर्फबाट महासंघको प्रदेश नं १ अध्यक्ष टिकाराज ढकालले हस्ताक्षर गरेका छन्।
सम्झौतापश्चात् बैंकले महासंघको सिफारिसमा बैंकिङ पहुँच नभएका साना व्यवसायी, युवा व्यवसायी, स्टार्टअप, नवउद्यमी तथा कृषि व्यवसायमा संलग्न उद्यमीहरुलाई प्राथमिकतामा राखी विभिन्न बैंकिङ सेवाहरु प्रदान गर्नेछ।
त्यस्तै, अपांगता भएका व्यक्तिहरुले व्यवसायिक कर्जा लिन चाहेमा विषेश सुविधासहित कर्जा उपलब्ध गरिने पनि समझदारीपत्रमा उल्लेख छ। हस्ताक्षर कार्यक्रममा महासंघका प्रदेश उपाध्यक्ष राजेन्द्र राउत, केन्द्रीय सदस्यहरु तथा बैंकका कर्मचारीहरुको उपस्थिति थियो।