एमाले र कांग्रेसविरुद्द जनतामाझ गएर प्रतिशोध गर्ने प्रधानमन्त्री प्रचण्डको उद्घोष
२८ असार २०८१, शुक्रबार १३:१५
काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले एमाले र कांग्रेसविरुद्ध आम जनतामाझ गएकार प्रतिशोध गर्ने बताएका छन् । शुक्रबार प्रतिनिधि सभामा विश्वासको मत माग्दै उनले यस्तो बताएका हुन् ।
उनले एमाले र कांग्रेसलाई बिचौलियाले मिलाएको बताएका छन् । उनले भने, ‘रहस्य तरिकाले वर्तमान संविधान माथि छेडछाड गर्न कायम भएको छ । यात्रा प्रतिगमन तिर हो भन्नेमा दुई मत छैन । सहमतिको तयारी कस्का लागि गरेको कस्का घरमा गरेको कुन समयमा गरेको हो । नेपाली जनताले बुझेका छन् । नियम सभा भए मध्य राति बन्द कोठामा सहमति हुँदैन थियो ।’
उनले अब जनता जागरुप नभए देश माफियाको हातमा जाने बताए ।