यो साता तीनवटा कम्पनीको शेयर कारोबार रोक्का

२९ असार २०८१, शनिबार ०६:२०

काठमाडौं । यो साता तीनवटा कम्पनीहरूको शेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तीनवटा लघुवित्त कम्पनीहरूको मर्जर प्रयोजनका लागि शेयर कारोबार रोक्का गरेको हो ।

गत आइतबार नेप्सेले मनकामना स्मार्ट लुघवित्तको शेयर कारोबार रोक्का गरेको थियो । मनकामना स्मार्ट लघुवित्तलाई समता घरेलु लघुवित्तले प्राप्ति गरी ‘समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट साउन २४ गतेदेखि एकीकृत कारोबार गरेको थियो । सोही प्रयोजनका लागि नेप्सेले असार २४ गतेदेखि लागू हुने गरी शेयर कारोबार रोक्का गरेको हो ।

त्यस्तै किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त आपसमा मर्ज भई ‘मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट असार २७ गतेदेखि एकीकृत कारोबार थालेको थियो । सोही प्रयोजनका लागि नेप्सेले असार २७ देखि किसान र जाल्पा सामुदायिक लघुवित्तको शेयर कारोबार रोक्का गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*