नेशनल लाइफको लाभांश घोषणा

२८ असार २०८१, शुक्रबार ११:२७

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९।८० को लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर प्रदान गर्ने निर्णय गरेको हो । नगद र बोनस शेयर लाभांशमा लाग्ने कर प्रयोजनका लागि कम्पनीले ०.७३६८ प्रतिशत नगद लाभांश समायोजन गर्नेछ ।

कम्पनीको असार २७ गते बसेको सञ्चालक समितिको बैठकले वित्तीय विवरण पारित गरी नेपाल बीमा प्राधिकरणमा स्वीकृतिका लागि पेश गर्ने निर्णय पनि गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*