इसेवामार्फत नेपाल लाइफको बीमा शुल्क भुक्तानीमा बम्पर अफर, एक हजार रुपैयाँसम्म क्यासब्याक र महिनैपिच्छे आईफोन १२ उपहार

३ भाद्र २०७८, बिहीबार ०६:५४

काठमाडौं । इसेवा र नेपाल लाईफ इन्स्योरेन्स कम्पनीबीचको सहकार्यमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बीमित तथा अभिकर्ता लक्षित बीमा शुल्क भुक्तानीमा क्यास ब्याक र उपहार योजना आजदेखि सुरु भएको छ ।

डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवामार्फत नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा बीमा शुल्क भुक्तानी गर्दा महिनैपिच्छे आईफोन १२ उपहार पाइने भएको छ । इसेवाका अनुसार उक्त अभियान अवधीभरमा मासिक रुपमा बीमा शुल्क भुक्तानीकर्ता मध्येबाट एक जनालाई गोलाप्रथामार्फत आइफोन १२ उपहार स्वरुप दिइने छ भने अधिकतम् एक हजार रुपैयाँसम्म क्यास ब्याक तत्कालै पाइनेछ । नयाँ योजनाले बीमित तथा बीमा अभिकर्ताले बीमा कम्पनीको कार्यालय वा बैंक नगरी डिजिटल भुक्तानीको माध्यमबाट सहजै बीमा शुल्क भुक्तानी गरी अतिरिक्त लाभ समेत लिन सक्ने भएका छन् ।

नेपालका अधिकांश जीवन बीमा कम्पनीहरु भुक्तानी सेवा प्रदायक कम्पनी इसेवामा आवद्ध भइसकेका छन् । बढ्दो कोरोना महामारीमा बीमित तथा जीवन बीमा अभिकर्ताहरुको सहजता तथा सरल तरिकाले बीमा शुल्क भुक्तानीको लागि यस्तो अभियान सञ्चालन गरिएको इसेवाले जनाएको छ ।

बीमित तथा अभिकर्ताले रकम भुक्तानी गर्दा बीमा शुल्क भुक्तानी गर्ने समयभन्दा ७ दिन अगावै त्यस्तो शुल्क इसेवाबाट भुक्तानी गरेको अवस्थामा मात्रै बीमा शुल्कको ०.३५ प्रतिशत रकम क्यास ब्याकको रुपमा प्राप्त गर्नेछन् । त्यस्तो प्रतिशत अधिकतम् एक हजार रुपैयाँसम्म मात्रै पाउने कम्पनीले जनाएको छ ।

सो आधारमा दुई लाख ८८५ हजार ७१५ रुपैयाँ बीमा शुल्क भुक्तानी गर्ने बीमित वा अभिकर्ताले एक हजार रुपैयाँ तत्कालै क्यास ब्याक हुनेछ । सो भन्दा कम भुक्तानी गर्ने बीमित वा अभिकर्ताले भुक्तानी गरिएको बीमा शुल्क रकमको ०.३५ प्रतिशत क्यास ब्याक पाउनेछन् । इसेवाले नयाँ उपहार योजना २०७८ कार्तिक ३० गतेसम्म सञ्चालन हुने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*