कर्णाली नदीमा डुबेर ज्यान गुमाएका शाहीको परिवारलाई एलआइसीले दियो दावी भुक्तानी
काठमाडौं । एलआइसि (नेपाल) लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले स्वर्गिय बीमित लोकेन्द्र शाहीको कर्णाली नदिमा नुहाउने क्रममा पानीमा डुबेर मृत्युु भएपश्चात मृतककी श्रीमती शिला शाहीलाई घरैमा पुगेर बीमा दाबी भुक्तानी गरेको हो ।
सुखड शाखा प्रवन्धक तर्क ढुङाना तथा एजेन्शी म्यानेजर तेज बहादुर रावल सहितको टोलिले लम्की चुहा नगरपालिका ३ चिसापानी स्थित मृतकका घरमै पुगि ५ लाख रुपैयाँ बराबरको चेक, किस्ता मिनाहा तथा मासिक १ प्रतिशत (५ हाजर रुपैयाँ) पढाई खर्चको पत्र हस्तान्तरण गरेको छ ।
कैलाली को चिसापनी स्थित ब्यबसाय गर्दै आएका शाहीको होलिको दिन साथिहरुसङ नुहाउने क्रममा पानीमा डुबेर मृत्यु भएको थियो । उनले सो घट्नाको ४ दिन पहिले मात्र आफ्ना छोराको नाममा एलआइसि नेपालबाट बाल उन्नति जीवन योजना लगेका थिए । सोही योजना अन्तर्गत किस्ता मिनाहा सुबिधा, दुर्घटना जोखिम तथा मासिक पढाइ खर्चको सुबिधा मृतकका परिवार लाई दिएको कम्पनीले जानकारी दिएको छ ।