दुई लघुवित्तको शेयर कारोबार रोक्का

२७ असार २०८१, बिहीबार १८:१५

काठमाडौं। नेप्सेमा थप दुई लघुवित्त कम्पनीको शेयर कारोबार रोक्का भएको छ । आज साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार रोक्का भएको हो दुबै लघुवित्तले २०८१ असार २४ गते नेप्सेमा पत्राचार गर्दै असार ३० गतेदेखि एक आपसमा गाभ्ने–गाभिने कार्य सम्पन्न भई ‘सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबार सुरु गर्न लागेको विज्ञप्तीमा उल्लेख द्ध ।

एकीकृत कारोबार पश्चात दुबै लघुवित्तको सेयर स्वाप मिलान लगायतका कार्यहरु गर्नका लागि दुबै संस्थाहरुको धितोपत्र कारोबार कम्तिमा १५ दिनका लागि रोक्का भएको हो ।

गोरखाको हरमटारीमा रजिष्टर्ड कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र तनहुँका डुम्रेमा कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड १ः१ अनुपातमा मर्जरमा गएका हुन् । नेपाल राष्ट्र बैंकले दुई कम्पनीलाई असार १३ गते मर्जरका लागि अन्तिम स्वीकृती दिएको थियो ।

मर्जरपश्चात् लघुवित्तको चुक्ता पुँजी ७० करोड रुपैयाँ हुनेछ । एकीकृत कारोबार सुरू भएसँगै लघुवित्तमा कृष्ण बहादुर थापा सञ्चालक समिति अध्यक्ष र केशब कुमार पौडेल प्रमुख कार्यकारी अधिकृत ९सीईओ० बन्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*