परिसूचकले तोड्यो एक वर्षको रेकर्ड: कारोबार ६ महिना यताकै उच्च, किन आइरहेको छ रौनक ?

२७ असार २०८१, बिहीबार १५:४३

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा परिसूचक एक वर्ष यताका उच्च बन्न पुगेको छ । नयाँ सत्ता समीकरणले शेयर बजारमा लगानीकर्ता उत्साहित बन्दा नेप्सेको आंकडाले पनि नयाँ उचाई कायम गरी रहेको हो ।

संसदका ठुला दुई दल नेकपा एमाले र नेपाली कांग्रेस मिलेर नयाँ सत्ता समीकरण बनाउने निर्णय गरे यता शेयर बजारले निरन्तर उकालो यात्रा तय गरी रहेको छ । तत्कालिन प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले भोलि अर्थात असार २८ गते विश्वासको मत लिदै छन् । उनले विश्वासको मत नपाउने पक्का पक्की जस्तै छ । एमाले र कांग्रेसले आफ्ना सांसदहरुलाई विश्वास मत नदिन हिप्प जारी गरेपछि प्रचण्ड सरकार ढल्ने भएको हो । जस पश्चात एमाले अध्यक्ष केपी शर्मा ओलि प्रधानमन्त्री बन्ने छन् । अर्थमन्त्रालयको भुमिका समेत शेयर लगानीकर्ताले रुचाएका ब्यक्ति विष्णु पौडेल आउने सहमति भएको छ ।

अर्थतन्त्र सुधार तिर लम्कि रहेको, ब्याजदर ओरालो लागि रहेको र नयाँ सत्ता समीकरण नियामकसँग समन्यव बढ्ने आशले शेयर बजारका लगानीकर्ता मख्ख छन् । राजनीतिक अस्थिरताको भुमरीमा परेका शेयर लगानीकर्ता स्थिर सरकार पाउने आशले मनोबल बलियो बनाउँदै गएका छन् ।

यता, अर्थतन्त्र समेत सकारात्मक बनी रहेको अवस्था छ । वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था छ । ब्याजदर निरन्तर घटिरहेको छ । यसले समेत शेयर बजारलाई उचाईमा पुग्न बल पुराउने देखिन्छ । अब कर्जा प्रवाह बढाउने गरी नीति आउने धेरैको अनुमान छ । गभर्नर महाप्रसाद अधिकारीलाई एमाले निकट ब्यक्तिका रूपमा लिइन्छ । अबको नयाँ सत्ता समीकरणमा प्रधानमन्त्री र अर्थतन्त्र एमाले पाउने सहमति भएको छ । आउने दिनहरूमा केन्द्रीय बैंक र अर्थ मन्त्रालयबीच अझै बढी समन्वय हुने र सोही अनुसार वित्त र मौद्रिक नीतिबीच तालमेल हुन सक्ने लगानीकर्ताको बुझाई छ ।

बिहिबार नेप्से २९.२१ अकंले बढेर २२०४.६१ बिन्दुमा कायम भएको छ । जुन २०८० साउन ८ गते यता कै उच्च कारोबार हो । २०८० साउन ८ गते सोमबारको दिन नेप्से ६३.२४ अकंले बढेर २२२७.१६ बिन्दुमा बन्द भएको थियो । सो यताको आजको परिसूचक उच्च हो ।

यसदिन कारोबार समेत ६ महिना यताकै उच्च बन्न पुगेको छ । बिहिबार ७ अर्ब ८ करोड ६ लाख ९८ हजार रुपैयाँको शेयर कारोबार भएको छ । उक्त कारोबार २०८० माघ ७ गते आइतबारदेखि कै उच्च हो । माघ ७ गते कारोबार ७ अर्ब ६७ करोड ७७ लाख रुपैयाँ पुगेको थियो । कारोबार आज सो यताकै बढी हो ।

यो पनि पढ्नुहोस्:

लचिलो मौद्रिक नीति आउने संकेतले लगानीकर्ता उत्साहित, शिथिल अर्थतन्त्र र पुँजीबजारमा फर्किएला रौनक ?

नयाँ सत्ता समीकरणले उत्साहित शेयर बजारका लगानीकर्ता, के नयाँ उचाई कायम राख्ला ?

शेयर लगानीकर्ताहरु किन चाहान्छन् अर्थमन्त्री विष्णु पौडेल ?

अर्थमन्त्री विष्णु पौडेल नबन्दा पनि लगानीकर्ता उत्तिकै उत्साहित, ‘नयाँ सत्ता समीकरणले पुँजीबजारमा बुलको यात्रा तय गर्छ’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*