बुढानिलकण्ठमा माछापुच्छ्रे बैंकको एटीएम मेसिने तोडफोड गर्ने दुई जना प्रकाउ
२७ असार २०८१, बिहीबार १४:१५
काठमाडौं। काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–३ रुद्रेश्वर चोकमा रहेको माछापुच्छ्रे बैंकको एटीएम मेसिने तोडफोड भएको छ । एटीएम मेसिने तोडफोड गरेर भाग्न लाग्दा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । दुई जनालाई लप्रहरीले वृत्त महाराजगञ्जले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
पक्राउ पर्नेहरुमा नुवाकोटको किस्पाङ गाउँपालिका–१ घर भई बुढानिलकण्ठ बस्दै आएका ३४ वर्षीय श्यामबहादुर घले, र सोही ठाउँका १९ वर्षीय सुजन तामाङ छन् ।
उनीहरुले २६ असारमा बिहानीपख सवा ३ बजे एटीएम मेसिन तोडफोड गरेको प्रहरीले जनाएको छ । एटीएम मेसिन तोडफोड गर्न प्रयोग भएको रड पनि प्रहरीले बरामद गरेको छ ।