प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ह्विप
२७ असार २०८१, बिहीबार १३:०४
काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई विश्वास मत नदिने भएको छ।
प्रमुख सचेतक रमेश लेखकले ह्विप जारी गर्दै विश्वास मत नदिन भनेका छन्।प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबारको प्रतिनिधि सभा बैठकमा विश्वास मतको प्रस्ताव पेस गर्दैछन्।
शुक्रबारको प्रतिनिधि सभामा कांग्रेस सांसदहरूलाई अनिवार्य उपस्थित हुन पनि कांग्रेसले भनेको छ।‘असार २८ गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा कांग्रेसका सदस्यहरुलाई अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गर्नुभएको छ,’ कांग्रेस संसदीय दलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।