२.८४ प्रतिशतले बढ्यो ज्याला

२६ असार २०८१, बुधबार १७:५१

काठमाडौं । चालु आर्थिक वर्षको जेठसम्म तलब तथा ज्यालादर सूचकांक २.८४ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु वर्षको जेठसम्मको तथ्यांक अनुसार यस्तो देखाएको हो ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो सूचकांक १०.१४ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकांक र ज्यालादर सूचकांक क्रमशः १।०५ प्रतिशत र ३.३६ प्रतिशतले बढेको बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*