सरकारको बचत खातामा करिव ढाई खर्ब सञ्चिती 

२६ असार २०८१, बुधबार १७:२१

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा सरकारको चालु खातामा दुई खर्ब ३९ करोड रुपैयाँ बचत रहेको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती अनुसार अघिल्लो आवको तुलनामा सरकारको यस्तो बचत ७९ अर्ब ५३ करोड रुपैयाँ घाटामा रहको थियो ।

विवरण अनुसार अघिल्लो वर्षको सो अवधिमा अमेरिकी डलर ६१ करोड ३२ लाखले घाटामा रहेको सरकारको चालु खाता समीक्षा अवधिमा १ अर्ब ५१ करोडले बचतमा रहेको छ ।  यस अवधिमा शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब ६७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब २४ अर्ब ९० करोडले बचतमा रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*