बलेफी हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट, यी कम्पनीको भयो सर्वाधिक कारोबार

२६ असार २०८१, बुधबार १५:११

काठमाडौं । कारोबार साताको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक आज २३.२५ अंकले बढेर २१७५.४० को बिन्दुमा कायम भएको छ ।

बुधबार कारोबार भएकामध्ये १९४ वटा कम्पनीहरुको शेयरमूल्य बढेको छ । जसमा आज बलेफी हाइड्रोपावरको को शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

साथै, बुधबार हाथवे इन्भेष्टमेन्ट नेपालको १५ करोड ८ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ । त्यस्तै, जानकी फाइनान्सको १४ करोड ८२ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्टक्चरको ११ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*