जन्मदिनको अवसरमा छोरीलाई रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार

२६ असार २०८१, बुधबार ११:३६

काठमाडौं । पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउनुको साटो सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलनले समाजमा बचत गर्ने प्रवृत्तिको बिकास भएको हो ।

यसैक्रममा, कंचनपुर पुनर्बास नगरपालिका –९ बस्ने पदम सुनारले छोरीको जन्मउत्सबको अवसर पारेर बीमा पोलिसी खरिद गरेका छन । उनले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय आइबिआरडिबाट १० लाख रुपैयाँ बीमाङ्कको बाल शुलभ जिवन बीमा प्लस पोलिसि खरिद गरेका हुन् ।

छोरीको जन्मउत्सव पारेर छोरीको सुरुक्षित भबिष्यको लागि छोरी र आमाको रिस्क कभर हुने तथा बचत संगसंगै सुरक्षाका लागि भन्दै उनले बार्षिक रुपमा ५२ हजार ६६० रुपैयाँ जम्मा गर्ने गरि सो बीमा पोलिसि लियका हुन । उक्त बिमालेख कम्पनीको आइबिआरडि शाखा प्रमुख शंकर जैशी र ऐजेन्सि म्यानेजर डम्मर राना क्षेत्रीले संयुक्त रुपमा निशा सुनारलाई मनले चिताएको कार्यलाई साकार पार्नु भएकोमा बधाई दिदै बिमालेख हस्तान्तरण गरेका थिए ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालको अब्बल दर्जाको जीवन बीमा कम्पनी हो । नेपाल सरकारको पुर्ण स्वामित्व प्राप्त राष्ट्रिय बाणिज्य बैक , ग्लोबल आइएमई बैंक लगायत उच्च ख्याती प्राप्त ब्यक्तीहरु मुख्य प्रवर्द्धक रहेको कम्पनीको बोनसदर पनि राम्रो रहेको छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*