सामसङ इलेक्ट्रोनिक्सका ३० हजार कर्मचारी हड्तालमा

२६ असार २०८१, बुधबार १०:५१

काठमाडौँ । दक्षिण कोरियाली विशाल प्रबिधि कम्पनी सामसुङका कर्मचारीहरूले तलब वृद्धि र अन्य सुविधाको विषयमा आमहड्ताल सुरु गरेका छन् । इलेक्ट्रोनिक्सको प्रतिनिधित्व गर्ने युनियनले करिब ३० हजार सदस्यलाई अनिश्चितकालीन हडतालमा सामेल हुन आग्रह समेत गरेको हो ।

नेसनल सामसङ इलेक्ट्रोनिक्स युनियनले तीन दिनको आम हडतालको अन्तिम दिन यस्तो घोषणा गरेको हो । आफ्नो माग पूरा गर्ने अभिप्राय व्यवस्थापनले नदेखाएकोले अनिश्चितकालीन हडतालको निर्णय गरिएको उसले जनाएको छ ।

सो युनियनले करिब एक चौथाई सामसुङका कर्मचारीको प्रतिनिधित्व गर्ने जनाइएको छ । उसले आफ्नो निर्णयले कम्पनीको उत्पादनको काम अवरुद्ध हुने जनाएको छ । तर, कम्पनीले भने सो दाबी अस्वीकार गर्दै उत्पादनको कार्य अवरुद्ध नहुने र युनियनसँग असल विश्वासका साथ सहमतिमा पुग्न व्यवस्थापन प्रतिबद्ध रहेको जनाएको छ ।

युनियनले कम्पनीको राम्रो अभिप्राय नदेखिएकोले दोस्रो चरणको अनिश्चितकालीन हडताल जुलाई १० बाट आव्हान गरिएको जनाएको छ । सामसङ इलेक्ट्रोनिक्स विश्वकै सबैभन्दा ठूलो मेमोरी चिप्स, स्मार्टफोन र टेलिभिजन निर्माता कम्पनी हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*