ज्योति विकास बैंकको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

२६ असार २०८१, बुधबार ०७:५५

काठमाडौं । ज्योति विकास बैंंक लिमिटेडले आफ्ना शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ ।

बैंकको उक्त शेयर संस्थापक शेयरधनीले खरीद नगरेपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो । बैंकले बिक्रीमा ल्याएको शेयरको संख्या भने खुलाएको छैन् ।

सो शेयर खरीद गर्न इच्छुक सर्वसाधारण व्यक्ति तथा कम्पनीले ३५ दिनभित्र आवश्यक पर्ने कागजात सहित काठमाडौंको कमलपोखरीस्थित बैंकको केन्द्रीय कार्यालयमा खरीद गर्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनु पर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*